काठमाडौं : तनहुँ निर्वाचन क्षेत्र नं. १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले जितको नजिक पुगेका छन्।
अहिलेसम्मको सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले नेपाली काँग्रेसका उम्मेदवार गोविन्द्र भट्टराईलाई १० हजार २ सय २४ मतले पछि पारेका छन्। उनले २४ हजार ४ सय ६ मत प्राप्त गरेका छन्। भने, भट्टराईले १४ हजार १ सय ८२ मत मात्रै प्राप्त गरेका छन्।
त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले ७ हजार २६ मत प्राप्त गरेका छन्।
अहिलेसम्म यस निर्वाचन क्षेत्रमा ४६ हजार ६७ मत गणना भइसकोको छ। यस निर्वाचन क्षेत्रमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। अब मात्रै १७ हजार ६ सय ९० मत गणना गर्न बाँकी छ। यही अनुपातमा मत परिणामा आउने हाे भने वाग्लेकाे जित निश्चित देखिन्छ।