Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सामुदायिक विद्यालय सुधारमा चौदण्डीगढीका मेयर सक्रिय, आफै लागे भर्ना अभियानमा



उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानलाई तीव्रता दिएको छ । नगर प्रमुख कालुमान लामा स्वयम आँफै अभिभावकको घरघरमा पुगेर विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरिरहेका छन् ।

लामाले चौदण्डीगढी नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्न राज्यले ठुलो लगानी गरेको भन्दै आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउन नगरबासीलाई आग्रह गरेका छन् ।

चौदण्डीगढी नगरपालिकामा एक मदर्शासहित ४७ सामुदायिक विद्याालय रहेका छन । नगरपालिकाले नगर भित्रका सम्पूर्ण जनप्रतिनिधि, शिक्षक र कर्माचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा अध्यापन गराउनु पर्ने नीति तय गरेको लामाले बताए ।

नगरपालिकाले सामुदायिक विदालय सुधारको योजना अघि बढाएपछि सामुदायिक विद्यालयरु तह घटुवा हुने वा समायोजनमा पर्ने डरले अहिले स्थानिय जनप्रतिनिधी, विद्यालय ब्यबस्थापना समितीसहित अभिभावकहरु समेत सक्रियरूपमा विद्यार्थी भर्ना अभियानमा जुटेका छन् ।

चौदण्डीगढीमा पछिल्लो समय समुदायिक विद्यालयमा शैक्षिक स्तर सुधार हुँदै गरएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार