Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राजनीतिक प्रतिसोध र नेताको स्वार्थ पुरा नहुँदा सेवाग्राहीले दुख पाए : मेयर लामा



  • अन्जनी कुमार अधिकारी

उदयपुर : उदयपुरको चौदण्डिगढी नगरपालिकाका मेयर कालुमान लामाले गठबन्धनका नाममा नगरपालिकामा भईरहेका अवाञ्छित गतिविधि राजनीतिक प्रतिसोधबाट प्रेरित भएको बताएका छन् ।

केहिदिन अघि सुनियोजितरुपमा अडियो रेकर्ड गरी सार्वजानिक गरिनु र त्यसपछि ज्ञापनपत्र बुझाउने वहानामा जवरजस्त तालावन्दी र भौतिक संरचनामाथि तोडफोड गर्न खोज्ने प्रयास केवल निर्वाचनमा पराजय र जागिर नपाएको कुण्ठा मात्र भएको बताए ।

मेयर लामाले भने, ‘अडियो प्रकरणमा जे कुरा आयो त्यसमा हामी संम्बेदनशिल छौ, अडियो संवाद बाहिरिए लगत्तै सम्बन्धित कर्मचारीलाइ निलम्बन गरिसकेका छौ र त्यस बिषयमा थप सत्यतथ्य छानविन गर्न समिति नै गठन भैसकेको अवश्थामा सुनियोजितरुपमा हुलहुज्जतमा उत्रिनु भनेको प्रतिसोध मात्र हो ।’

‘छानविन समितिको प्रतिवेदनले जे देखाउँछ त्यहीँ अनुसार अघि बढ्न नगरपालिका तयार रहेको छ,’ उनले भने, ‘छानविन समिती गठन हुँदै गदौ उक्त समितीले आफनो काम नै सुरुनगरको अवस्थामा समितिलाई नै दवाव दिने उदेश्यले जे हर्कत भईरहेका छन् त्यो स्वीकार्य हुन सक्दैन ।’

‘अडियोमा सत्यता छ छैन् त्यो छानविनको बिषय होला भोली दोषि देखिए कार्वाहीको भागेदार उनै हुन्छन तर त्यसलाई अतिरञ्जित गरेर घटनलाई राजनीतिकरण र व्यक्तिगत स्वार्थसँग जोड्नु दुखःद हो,’ उनले थपे।

‘विगतमा सर्टिफिकेट नै नहेरी नियुक्ती दिनु गलत थियो, त्यसाई निरन्तरता हैन अन्त्य गरिनु पर्छ, उनले भने, ‘कसैको दवाव र अभावमा पर्दिन निष्पंक्ष भएर काम गर्छु । मेयर लामाले भने, ‘हिजो राजनीतिक आस्थाका आधारमा क्षमता विहिनलाई पनि सिधै नियुक्त गर्ने परम्परा रहेछ त्यस्ता व्यक्तिलाई सेवाबाट हटाउँदा र गलत प्रकृया अवलम्वन नगरिँदा आफुमाथि प्रहार भएको हो ।

राजनीतिक आस्थाका आधारमा क्षमता नै नभएका केहि कर्मचारीलाई हटाएर योग्य जनशक्ति ल्याउन खोज्दा घेराबन्दी सुरु भएको उनको दावि छ । यसकासाथै सामुदायिक बिद्यालयका शिक्षक, कर्मचारीका सन्तानलाई अनिवार्य सरकारी बिद्यालयमा नै अध्ययन गराउनु पर्ने, विद्यार्थी नै नभएका बिद्यालयलाई घटुवा गर्ने प्रावधान नगरले सुरु गर्दा असन्तुष्टिहरुको स्वरले काम गरेको उनले जिकिर गरे ।

मेयर लामाले भने, ‘हिजोका जनप्रतिनिधिले १५ करोड घाटाको वजेट बनाएका कारण आज त्यो आर्थिक दायित्व तिर्न बाध्य छौ, यसका वावजुद छोटो समयमा विकासका काम उल्लेखिय भएका छन् जुन कुरा हेर्न सक्नु हुनेछ ।

नेकपा एमालेका जिल्ला सचिवसमेत रहेका लामाले गठबन्धनका नाममा एमालेलाई चौतर्फी घेराबन्दी गर्न नियोजितरुपमा प्रपंञ्च रचिएको बताए । उनले एमाले नेतृत्वको सरकारले नगर क्षेत्रमा गरेको बिकासका काम र जनताको अपार मायालाई देख्न नसकेर गठबन्धनका दलले एमालेलाई कमजोर बनाउन घेराबन्दी गर्न सुरु गरेको दावि गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार