Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सभामुख र देउवालाई बोकेर ओली निवास पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देबप्रसाद घिमिरे एकसाथ एमाले सभापति केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

सोमबार बिहानै प्रधानमन्त्री र देउवा एउटै गाडी बालकोट पुगेका थिए भने सभामुख पनि साथ साथै पुगेका हुन्।

उनीहरुबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र संसदीय समितिको विषयमा छलफल हुनेछ। बैठकमा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन्।

सो विषयमा ओली–देउवा र प्रधानमन्त्रीबीच यसअघि पनि छलफल भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार