Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माधव नेपालको आपत्ति : ‘कोशीमा जातीय द्वन्द भड्काउन खोजियो’



विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टीकाअध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कोशी प्रदेशको नामकरणमा जातीय द्वन्द भड्काउन खोजेको आरोप लगाएका छन् ।

सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले नामकरणमा असन्तुष्ट जनाउँदै पहिचानवादी समूहहरूले आन्दोलन चर्काइरहेको बेला उनले आपत्ति जनाएका हुन् ।

नामको विषयलाई लिएर जातीय द्वन्द भड्काउने शक्ति सक्रिय भएको नेपालले आरोप लगाएका छन् । उनले भने, ‘साझा पहिचानको मुद्दालाई हाम्रोपार्टीले सधैँ समर्थन गर्छ । सामाजिक तथा सांस्कृतिक पहिचानको सम्मान गर्न हामी सधैं तयार छौं ।’

एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेको विषयमा पत्रकारले आफ्नो धारणा सोधेको प्रश्नमा उनले सद्बुद्धि पलाओस् भन्दै व्यङ्ग्य प्रस्तुत गरेका छन् । ‘मनको शान्तिको लागि बिदा हुनेलाई पार्टीले छेक्दैन,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार