विराटनगर : कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले अधिवेशन अन्त्य भएको घोषणा गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव माधव घिमिरेले एक विज्ञप्ति जारी गर्दै बुधार राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन् ।
सूचनामा भनिएको छ ‘संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को मिति २०७९–१२–२९ गतेको सिफारिसमा संवत २०७९ साल चैत २९ गते बुधबार रातको १२ बजेदेखि प्रदेशसभाको चालु प्रथम अधिवेशन अन्त्य गर्नुभएको छ ।’