विराटनगर : कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवली २०७५ खारेज गर्दै उक्त कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले मनमोहन प्राविधिक विश्वविद्यालय भौतिक पूर्वाधार निर्माणका लागि द्विपक्षीय समझदारी अनुसार तय हुनेगरि आर्थिक सहयोग उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने भएको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयका लागि द्विपक्षीय समझदारी अनुसार तय हुनेगरि विभिन्न विषयका विज्ञ र दक्ष प्राविधिक प्रशिक्षक उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
बढ्दो कोरोना भाइरस प्रकोपको सतर्कताका लागि आवश्यक पहलकदमी चाल्नका लागि मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।