Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोरोना संक्रमणबाट एक जनाको मृत्यु



काठमाडौं : पछिल्लो तीन महिनामा पहिलोपटक एक जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ को मृत्यु भएको हो ।

मंगलबार नेपालमा थप १ सय ६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ६ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ४८ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् ।

पछिल्ला केही दिनयता कोभिड–१९ को सबभेरियन्ट ओमिक्रोन एक्सबीबी।१।१६ को संक्रमण देखिएसँगै संक्रमित संख्या बढ्दैं गएको छ । मंगलबारसम्म नेपालमा ४ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार