विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले प्रदेशको नामकरणका विषयलाई लिएर भइरहेको आन्दोलनलाई शान्तिपूर्ण ढंगबाट माग सम्बोधन गर्न प्रदेशका मुख्यमन्त्रीलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले मुख्यमन्त्री हिक्मत कार्कीलाई नामाकरणपछि भएका असन्तुष्ट पक्षधरलाई शान्तिपूर्ण ढंगबाट माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।
नामकरणको विवाद समाधान गर्न प्रदेश सरकारले वार्ता समिति गठन गरी संवादको सुरुवात गर्नुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘फेरि पनि प्रदेश सरकार (मुख्यमन्त्री) सङ्ग मेरो आग्रह छ । सडकमा देखिएको असन्तुष्टिलाई शान्तिपूर्ण ढंगले वार्ता सम्बाद बाटै समाधान गर्न तत्काल पहल होस् ।’