उदयुपर : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले प्रदेश नामाकरणको विषयमा पछिल्लो समय भइरहेको आन्दोलनले संघीयता विरोधीलाई फाईदा पुग्ने बताएका छन् ।
मंगलबार प्रेस चौतारी नेपाल उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राईले नामकरणको विषयमा विवाद गर्नुपर्ने कारण नभएको बताए ।
नामकरण खारेजीको मागसहित भइरहेको आन्दोलनले संघीयता विरोधीहरुलाई फाईदा पुग्ने बताउँदै उनले पहिचान पक्षधरले नामको विषयमा विवाद गर्न नहुने बताए ।
संविधान अनुसार प्रदेशसभाको दुईतिहाई बढी मतले कोशी नाम राखेकोले नामको बारेमा प्रदेशसभाभन्दा बाहिरबाट दवाव दिने कार्य उचित नभएको उनको भनाइ छ ।
नेपाल बहुजाती बहुभाषिक र बहुसांस्कृतिक मुलुक भनेर अलग अलग पहिचानलाई संविधानले स्वीकार गरी सकेको अवस्थामा नामले मात्र पहिचान स्थापित नहुने राईले बताए ।