Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नामकरण खारेजीको माग गर्दै इटहरीमा प्रहरीको गाडी र वडा कार्यालय तोडफोड



विराटनगर : कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै आन्दोलनकारीहरूले इटहरी उपमहानगरपालिकाको वडा नम्बर २० मा तोडफोड गरेका छन् ।

पहिचानवादीहरूले वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा इटहरीमा तोडफोड गरेका हुन् ।

तालाबन्दी गर्न गएका आन्दोलनकारीले इटहरी २० नं वडा कार्यालयमा तोडफोड गरेका छन् । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले ताला लगाएर हिड्न साथ प्रहरीले ताला फोडेपछि झडप भएको हो । झडपबाट तरहरा प्रहरी चौकीको ना १ झ ६२० नं को गाडी तोडफोड गरेका छन् ।

आन्दोलनकारीहरुले तोडफोड गर्दा वडा कार्यालय भवनका सिसाहरु फुटेका छन् । वडाको डिजिटल बोर्ड समेत तोडफोड भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार