काठमाडौँ : जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले पदबाट राजीनामा दिएका छन्।
खानले शुक्रबार दिउँसाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्।
जनमत पार्टीले पहिलेदेखि नै उद्योग मन्त्रालय माग गर्दै आएको थियो । तर, जनमतलाई खानेपानी मन्त्रालय दिइएको छ । अहिले विस्तार हुन लागेको मन्त्रिपरिषद्मा आफ्नो मन्त्रालय फेरि खानले उद्योग मन्त्रालय माग गरेका थिए । तर, उक्त मन्त्रालय नपाएपछि असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् ।
खान ११ पुसमा नेकपा एमालेको नेतृत्वमा बनेको ७ दलीय गठबन्धनको सरकारमा मन्त्री बनेका थिए ।