विराटनगर : ८ महिनादेखि प्रमखु सचिव बिहिन रहेको कोशी प्रदेशले अन्ततः लामो समयपछि सचिव पाएको छ । गत मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशको प्रमुख सचिवमा डा. दीपक काफ्लेलाई सरुवा गर्ने निर्णय गरेको हो ।
उनी यसअघि लुम्बिनी प्रदेशको प्रमुख सचिवका रुपमा कार्यरत थिए । तत्काली कोशी प्रदेशका सचिव विनोद सिंहको गृह मन्त्रालयमा सरुवा भएपछि प्रदेश लामो समयदेखि सचिव बिहिन थियो ।
प्रदेशमा निमित्तको भरमा कामकाज हुँदै आएको थियो । कोशीमा किशोर कुमार चौधरी निमित्त प्रमुख सचिव थिए ।
काफ्ले प्रदेशवाट प्रदेशमा नै सरुवा हुने पहिलो सचिब हुन् । काफ्लेले गत साउन २३ गते लुम्विनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी पाएका थिए ।
यस्तो छ काफ्लेको कार्य अनुभव :
• २०४९ भाद्र देखि २०५२ माघ सम्म धनकुटा जिल्लाका ४ वटा सरकारी विद्यालयमा शिक्षण पेशामा आवद्ध रहेर गणित शिक्षा विकासमा कार्य गरेको ।
• २०५२ फगुन देखि २०५५ असार सम्म विद्यालय निरीक्षक (अस्थायी), ओखलढुङ्गा जिल्लामा सेवारत रहेर शिक्षा सुधारका लागि विद्यालय अनुगमन गरेको।
• २०५५ श्रवाण देखि २०५६ असार सम्म नायव सुब्बा- चितवन जिल्लामा सेवारत रहेर कार्यालयगत अभिलेख व्यवस्थापनमा सहयोग गरेको ।
• २०५६ श्रावण देखि २०६३ असार सम्म शिक्षा सेवामा अधिकृत (रा.प. तृतीय) को जिम्मेवारीमा ३ वटा जिल्ला (जाजरकोट, ईलाम, धनकुटा) मा सेवारत रहि शैक्षिका योजना तथा व्यवस्थापन सम्बन्धी कार्य गरेको।
•२०६३ श्रावण देखि २०६९ फागुनसम्म ६ वटा जिल्ला (भोजपुर, सुनसरी, तेह्राथुम, झापा, रामेछाप, भक्तपुर) मा जिल्ला शिक्षा अधिकारी (रा.प. द्वितीय) मा सेवारत रहि शैक्षिक प्रशासन तथा व्यवस्थापन सम्बन्धी कार्य गरेको।
•२०६९ चैत्र देखि २०७९ असारसम्म सहसचिव (रा.प.प्रथम) को जिम्मेवारीमा निम्न निकायमा सेवारत रहेको।
• सह क्षेत्रीय प्रशासक- पूर्वाञ्चल धनकुटा- क्षेत्रीय सुरक्षा समन्वय र विपद व्यवस्थापन सम्बन्धी कार्य गरेको ।
• प्रमुख जिल्ला अधिकारी (CDO) ५ जिल्ला- डोटी, महोत्तरी, धादिङ, दाङ र ललितपुर जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गरेको।
• सह सचिव (प्रवक्ता), सुरक्षा समन्वय महाशाखा प्रमुख, गृह मन्त्रालयको जिम्मेवारीमा स्थानीय चुनावमा सुरक्षा समन्वय गरेको।
• महानिर्देशक- अध्यागमन विभागमा अध्यागमन सुधारको रणनीतिक योजना कार्यान्वयन गरेको।
• महानिर्देशक- राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण व्यवस्थापन गरेको।
• महानिर्देशक- भूमिव्यवस्था तथा अभिलेख विभागमा भूमि अभिलेख प्रणाली सुधार गरेको।
• प्रदेश सचिव- सामाजिक विकास मन्त्रालय, वाग्मती प्रदेशमा कोभिड १९ को महामारीमा स्वास्थ्य व्यवस्था र सामाजिक सुरक्षा व्यवस्थान गरेको।
• महानिर्देशक- वैदेशिक रोजगार विभागमा सेवा प्रवाहमा सुधार गरेको।
• सहसचिव, प्रशासन महाशाखा प्रमुख तथा प्रवक्ता र श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आन्तरिक प्रशासन तथा व्यवस्थापन, श्रम सम्बन्ध र सामाजिक सुरक्षा सुदृढीकरण गरेको।