Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेस छाड्ने संकेत गर्दै गुरुराज घिमिरेले भने- नयाँ वर्षमा नयाँ राजनीतिक निर्णय !



विराटनगर : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी छाड्ने संकेत गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै नेता घिमिरेले नयाँ वर्षमा नयाँ राजनीतिक निर्णय गर्ने बताएका छन् ।

परम्परागत राजनीतिको अन्त्य गर्दै नयाँ शिराबाट राजनीतिको थालनी गर्ने उनले बताएका छन् ।

‘नयाँ वर्षमा नयाँ राजनीतिक निर्णय ! राजनीति नयाँ शिराबाट ! परम्परागत राजनीतिको अन्त्य’ उनले फेसबुकमा लेखेका छन् ।

नेपाली कांगेस निकट नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सभापति भइसकेका घिमिरे गत मंसिर ४ को चुनावका लागि मोरङ क्षेत्र नम्बर ४ को प्रदेशसभा (क) मा कांग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । उनी निर्वाचनमा एमालेका जयप्रकाश चौधरीसँग पराजित भएका थिए ।

उनले गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन अगाडि पनि राजनीतिबाट संन्यास लिने संकेत गर्दै चुनावलगत्तै निर्णय लिने उनले बताए थिए । त्यसबेला उनले लेखेका थिए, ‘सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ । स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु ।’

कांग्रेसमा उनी शेखर कोइराला समूहका नेता हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार