Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप हुँदा एक दर्जन घाइते, तीन दर्जन अश्रुग्यास प्रहार



विराटनगर : विराटनगरमा पहिचान पक्षधर र सुरक्षाकर्मीबीच भएको करिब एक दर्जनबढी घाइते भएका छन् ।

कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३-३ जना घाइते भएका मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।

उनका अनुसार आन्दोलनकारीका तर्फबाट करिब आधा दर्जन घाइते भएको अनुमान गरिएको छ । आन्दोलनकारीका तर्फबाट कति घाइते भन्ने एकिन भइसकेको छैन् ।

आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र तीन दर्जन अश्रुग्यास प्रहार गरेको पोखरेलले बताए । आन्दोलन शान्त पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । केही समयअघि तनावग्रस्त बनेको विराटनगरको रोडशेष चौक क्षेत्र अहिले शान्त भएको प्रहरीले जनाएको छ ।

बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन भन्दै पहिचानवादीहरु त्यहाँ पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार