विराटनगर : नेकपा एमालेले सुरु गरेको दुई महिने मिसन ग्रासरुट अभियान अन्तरगत कर्णाली प्रदेशको मुगु जिल्लामा मध्यावधि समिक्षा बैठक र रिर्पोट संकलन कार्य सम्पन्न भएको छ ।
मंगलबार जिल्ला कमिटीले आयोजना गरेको रिपोर्टिङ तथा निर्देशनात्मक बैठकमा जिल्लाका चार वटै पालिका कमिटीबाट रिपोर्ट प्राप्त भएको मिसन ग्रासरुट कर्णाली प्रदेशका अनुगमन संयोजक तथा एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार आधारभुत तहसम्म प्रभावकारी रुपले मिसन ग्रासरुट अभियान संचालन भइरहेको छ ।
यस्तै बैठकले आगामि दिनमा सदस्यता नविकरण र वडा, टोल तथा प्रारम्भिक कमिटीहरुको गठन र पुनर्गठनमा जोड दिने निर्णय गरेको बताइएको छ । अभियानका क्रममा विभिन्न राजनीतिक दलबाट एमालेमा प्रवेश गर्नेहरुको संख्या बढिरहेको भट्टराईले बताए ।
भौगोलिक रुपमा अत्यन्तै कठिन र विकट ठाउँमा पनि उत्साहजनक रुपमा अभियान सञ्चालन भएको उनको भनाइ छ।