Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा नामकरण खारेजी पक्षधर र प्रहरीबीच झडप, स्थिति तनावग्रस्त



विराटनगर : कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।

विराटनगरको रोडशेष चौक आसपासमा आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप सुरु भएको मोरङका प्रहरी प्रमुख दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ ।

आन्दोलनलाई शान्त पार्न यतिबेला ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । रोडशेष चौकमा रहेको बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन भन्दै पहिचानवादीहरु त्यहाँ पुगेका थिए ।

प्रहरी र आन्दोलनकारीबीचको दोहोरो झडपका कारण विराटनगरको रोडशेष क्षेत्र तनावग्रस्त बनेको छ ।

होटेल आसपासका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।प्रदर्शनपछि कार्यक्रम स्थगित भएको छ ।

तस्बिर : विराटनगरका पत्रकार राकेश कर्णको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार