Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चन्द्र भण्डारीबारे ओलीको टिप्पणी : ‘उहाँ जत्तिको राम्रो नेता कांग्रेसमा छैनन्’



विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चन्द्र भण्डारी जत्तिको नेता नेपाली कांग्रेसमा आफूले नपाएको बताए । मंगलबार भण्डारीको गृह जिल्ला गुल्मीमा एमालेले आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले नेपाली राजनीतिमा चन्द्र भण्डारी भलाद्मी मान्छे भएको बताए । ओलीले भने, ‘चन्द्र भण्डारी जि भलाद्मी मान्छे नै हुनुहुन्छ । कांग्रेसभित्र त्यसत्तिको मान्छे मैले नेपालमा तीन फन्का लगाउँदा पनि भेटेको छैन् । त्यत्तिको राम्रो मान्छे हुनुहुन्छ ।’

तर, भण्डारीको पार्टीको नीति काम लाग्ने नभएको बताए । ‘उहाँको डोकामा त्यही काम नलाग्ने नीति हाल्दिन्छ त्यहि बोकेर चन्द्र भण्डारी जि हिँड्नुहुन्छ के मलबल भयो र ?’ ओलीले भने ।

यस्तै ओलीले भण्डारीको स्वास्थ्य लाभको कामना गर्दै चाडै ठिक भएर राजनीतिमा आउनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार