Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

कोशी प्रदेश सरकारले पदम लिम्बूको परिवारलाई तीन लाख दिने



विराटनगर : कोशी प्रदेश सरकारले नामकरण खारेजीको माग गर्दै विराटनगरमा भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बू लाजेहाङको परिवार राहतस्वरुप तत्काल तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरीषद्को बैठकले लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

‘कोशी प्रदेश नामकरणका सम्बन्धमा चैत्र ५, २०७९ मा विराटनगरमा भएको विरोध कार्यक्रममा सहभाागि भई चैत १० गते श्री पदम लिम्बु (लाजेहाङ) को दुःखद निधन प्रति गहिरो दुःख व्यक्त गर्दै मृतक पदम लिम्बू प्रति हार्दिक श्रदाञ्जली एवं परिवार जनमा गहिरो दुःख एवम हार्दिक समवेदना प्रकट गर्दछौँ,’ मन्त्रीपरिषद्को निर्णयमा भनिएको छ, ‘तत्काल राहतस्वरुप मृतकका परिवारलाई रु तीन लाख उपलब्ध गराउने ।’

यस्तै प्रदेश सरकारले नामकरण विवादका विषयमा संघीय सरकारले गठन गरेको छानबिन समितिलाई सहजीकरण गर्ने निर्णयसमेत गरेको छ ।

संघीय सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर छानबिन प्रक्रिया सुरु गरेको छ । समितिले आजबाट काम सुरु गर्ने संयोजक सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार