Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुख्यमन्त्री कार्की भन्छन्- नामकरणका असहमतिलाई वार्ता गरेर समाधन गर्छौं



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरणका विषयमा भएका असहमति र असन्तुष्टिलाई छलफल र वार्ताका माध्यमबाट समाधान गर्ने बताएका छन् ।

संघ, प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको वर्तमान अवस्था र भावि रणनीतिको बारेमा विराटनगरमा आयोजित अन्तरक्रियाका बोल्दै कार्कीले प्रदेशको नामकरणमा शत प्रतिशतको चित्त बुझाउन नसकेको बताए ।

नामको विषयमा सबैको चित्त नबुझे पनि वार्ता र छलफलबाट समस्याहरू समाधान हुने उनको भनाइ छ । उनले भने, ‘वार्ता र छलफलबाट नामकरणमा देखिएका समस्याहरू समाधान हुने विश्वास लिएको छु ।’ नामका विषयमा कतिपयले असन्तुष्टि देखाए पनि सार्वभौम संसदले विधि र प्रक्रिया पुर्याएर नामकरण गरेको उनले बताए ।

यस्तै उनले संघीय सरकारले सम्पूर्ण विकास निर्माणको अधिकारको काम प्रदेश सरकार र स्थानीयलाई दिनु पर्ने बताए । मुख्यमन्त्री कार्कीले स्थानीय तहका कानुन बनाउने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार