विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न महासंघको अधिवेशनले राउतलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल चयन भएका छन् । सुवास आचार्य कोषाध्यक्ष चयन भएका छन् ।
यस्तै कार्यसमितिको सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन् । वस्तुगत संघबाट राजन श्रेष्ठ र दिपक पाण्डे सदस्य चुनिएका छन् भने एशोसिएट्सबाट रविनकुमार दाहाल, भविस कुमार श्रेष्ठ र श्रवण कुमार अग्रवाल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पुनम कुमार गुप्ताले जानकारी दिए ।
निर्वाचन समितिले उम्मेद्वारको नामावलीमा कसैको दावी विरोध नपरेपछि सबै पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।
निर्विरोध अध्यक्ष चयन भएका राउत दुई पटक प्रदेश उद्योग वाणिज्य संघको उपाध्यक्ष र केन्द्रीय सदस्य भइसकेका छन् । उनी यसअघि उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पनि सर्वसम्मत रुपमा चयन भएका थिए ।