Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बामपंथी र पुँजीवादीबीचको लडाइ सुरु भयो : एमाले सचिव रायमाझी



गाईघाट :  नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले बामपंथी र पुँजीवाद बिचको लडाई सूरु भएको बताएका छन् ।

मिसन ग्रासरुट अभियान अन्तरगत उदयपुरको सदरमुकाम गाईघाटमा संघीय निर्वाचन क्षेत्र स्तरीय चौथो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले यस्तो बताएका हुन् ।

बामपंथी शक्ति र सामाजबादको नेतृत्व एमाले गरेको बताउँदै पुँजीबादको नेतृत्व कांग्रेस लगायतका १० दलीय गठबन्धनले गरेको उनले आरोप लगाए ।

रायमाझीले विकास र समृद्धिका लागि राजनीतिक अस्थिरता प्रमुख समस्याको रूपमा देखिएको बताए । विकास र समृद्धिका लागि बलियो राजनीतिक शक्तिको आवश्यकता देखिएको भन्दै सचिव रायमाझीले एमाले बलियो भएमात्र समृद्धि र विकासको सपना पूरा हुने विश्वास व्यक्त गरे ।

यस्तै एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश ईन्चाज राजेन्द्र गौतमले मुलुकको आर्थिक विकास र समृद्धिका लागि नेकपा एमाले)बलियो बन्न आवश्यक रहेको बताए ।

उनले आर्थिक विकास र समृद्धिका लागि एमाले बलियो शक्तिको रूपमा स्थापित हुन आवश्यक रहेको बताउँदै पार्टीको लक्ष्य सत्ता र सरकार नभएको बताए । एमाले आफ्नो संगठनको वलमा सत्तामा पुग्ने अभियानमा लागेको उनको भनाइ छ ।

नेकपा (एमाले) उदयपुरका उपसचिव तथा क्षेत्र नम्बरका १ का अध्यक्ष टेक बहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य मन्जु कुमारी चौधरी, प्रदेश अध्यक्ष तुलसी न्यौपाने, केन्द्रीय सदस्य अमृत राजवंशी तैयव हुसेन, नेकपामा एमालेका जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरे, सचिव कालुमान लामा लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार