काठमाडौं : मध्यपश्चिम विश्वविद्यालयका १० वटै आंगिक क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ।
उच्च अदालत सुर्खेतले चैत ३ गते गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनिय (स्ववियु) को निर्वाचन रोक्ने आदेश जारी गरेसँगै स्ववियु निर्वाचन स्थगित भएको हो।
बिहीबार बसेको विश्वविद्यालयको बैठकले अन्य १० वटै आंगिक क्याम्पसको चुनाव रोक्ने निर्णय गरेको विश्व विद्यालयका रजिष्ट्रार प्रा. डा. नारयणप्रसाद पौडेले जानकारी दिएका छन्।
यसअघि विश्वविद्यालयकाे स्कुल अफ मेनेजमेन्ट (मुसोम) का विद्यार्थीले मतदानबाट बञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।
उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्मका लागि भन्दै बुधबार स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो।
चैत्र ८ गते दुवै पक्षलाई उच्च अदालत सुर्खेतमा उपस्थित हुन पनि आदेश जारी गरेको छ।
विश्वविद्यालयको बैठकले केन्द्रीय क्याम्पससँगै अन्य आंगिक क्याम्पसको पनि स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो।