विराटनगर : प्रहरीले कोशी प्रदेशको नाम खारेज गर्न राखिएको विरोध कार्यक्रमबाट नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष जनकऋषि राईसहित दुई जना पक्राउ परेका छन् ।
विराटनगरस्थित प्रदेशसभा भवन अगाडि प्रदर्शन गरिरहेका राई र सञ्जय याक्खालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेशको नामकरणमा विरोध जनाउँदै उनीहरुले ‘पहिचानका लागि सडक साहित्यिक यात्रा २०७९’ आयोजना गरेका थिए ।
प्रदेशको नाम कोशी हटाएर पहिचानसहितको नामकरणको माग गर्दै कविता वाचन गर्ने क्रममा राई र याक्खालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।