विराटनगर : नेपाली कांग्रेसले कोशी प्रदेशको संसदीय दलको उपनेतामा हिमाल कार्कीलाई मनोनीत गरेको छ । संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता चयन गरेका हुन् ।
उनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्रीसमेत हुन् । उनी उदयपुर क्षेत्र नम्बर १ को प्रदेश (२) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन् ।
कार्की कांग्रेसका उदयपुर जिल्ला सभापति समेत हुन् ।