विराटनगर : त्रिभुवन विश्वविद्यालय र यसका आंगिक क्याम्पसहरुमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विद्यार्थी संगठनहरुले तयारी तीव्र पारेका छन् । तर, चुनाव अगावै केही क्याम्पसहरुमा भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
यसैबीच कोशी प्रदेशका १९ क्याम्पसमा निर्विरोध स्ववियु अध्यक्षसहित कार्यसमिति निर्वाचित भएका छन् । प्रदेशमा स्ववियु निर्वाचनका लागि ६५ क्याम्पसमा दल दर्ता भएको थियो ।
निर्विरोध निर्वाचित भएकामध्ये सबैभन्दा बढी नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) का छन् । अनेरास्ववियुबाट १४ क्याम्पसमा स्ववियु अध्यक्ष निर्वाचित भइसकेका छन् । नेकपा माओवादीको अनेरास्ववियु क्रान्तिकारीबाट ३ र नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट २ क्याम्पसमा स्ववियु अध्यक्ष निर्वाचित भएका छन् ।
को कहाँ निर्वाचित ?
अनेरास्ववियु
१. धनकुटा बहुमुखी क्याम्पस, धनकुटा – सन्तोष बुढाथोकी
२. हिले क्याम्पस धनकुटा – विशाल तामाङ
३.बुद्धुक क्याम्पस, चौबिसे धनकुटा – युदिन चेम्जोङ
४. जालापादेवी क्याम्पस, पाख्रिवास धनकुटा – निर्मला कार्की
५. ह्यात्रुङ झरना क्याम्पस, तेह्रथुम – प्रकाश गौतम
६. पिण्डेश्वर क्याम्पस, धरान – ऐनिश ओझा
७. गरामुनी क्याम्पस, बिर्तामोड – सन्तोष तिम्सिना
८. एकतप्पा क्याम्पस, इलाम – प्रतीक्षा खनाल
९. गरुवा क्याम्पस, इलाम – गोपाल आचार्य
१०. संखुवासभा बहुमुखी क्याम्पस – आमोद कार्की
११. मादी क्याम्पस संखुवासभा – गोपाल प्रसाईं
१२. थर्पु क्याम्पस पाँचथर – योम्बाहाङ योङहाङ
१३. यासोक क्याम्पस, पाँचथर – मनोज थापा
१४. साकेला बहुखुमी क्याम्पस, खोटाङ – यम कुमार खड्का
अनेरास्ववियु क्रान्तिकारी
१. रवि क्याम्पस, पाँचथर – चन्द्रहाङ लावती
२. बीपी कोइराला संस्कृत क्याम्पस, सोलुखुम्बु – मोहन बस्नेत
३. भाषा क्याम्पस, धनकुटा – सरोज थापा
नेपाल विद्यार्थी संघ (नेविसंघ)
१. जीतपुर क्याम्पस, धनकुटा – निरुता खड्का
२. पाँचथर बहुमुखी क्याम्पस – मुना नेपाली