Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन स्थगित



मध्यपश्चिम विश्वविद्यालयमा चैत्र ३ हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ।

मंगलबार विश्वविद्यालयअन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट बञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।

उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ। चैत्र ८ गते दुबै पक्षलाई ऊच्च अदालत सुर्खेतमा उस्थित हुने गरी आदेश जारी गरेको उच्च अदालत सुर्खेतका सुचना अधिकारी सराेजनीधि वाग्लेले बताए।

स्कुल अफ मेनेजमेन्ट (मुसोम) मा अध्ययनरत ३ जना विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालय लगायत पाँचवटा कार्यालयका विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार