Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वडामा सञ्चालित योजनाको सूचि पठाउन हर्क साम्पाङका स्वकीयद्वारा सर्कुलर (पत्रसहित)



विराटनगर : सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका स्वकीय सचिव सुदर्शनल लिम्बूले वडाबाट योजनाको सूचि पठाउन सर्कुलर जारी गरेका छन् ।

मेयरका स्वकीयले निर्देशनसहित धरानका सबै वडामा पत्र पठाएपछि उपमेयर र वडा अध्यक्षहरूले असन्तुष्टि जनाएका छन् । स्वकीय सचिवमा नियुक्ति भएका व्यक्तिले निर्देशन दिनु गलत भएको उनीहरुको भनाई छ ।

सामान्यतया वडाहरुमा पालिकाका प्रमुख प्रशासकीय अधिकृतले सूचना माग गर्न र सूचना पठाउने काम गर्छन् । तर, त्यसको विपरीत स्वकीयले निर्देशनसहितको पत्र पठाएपछि उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

धरान उपमहानगरपालिकाका उपमेयर इन्द्र विक्रम बेघा मेयरका स्वकीयले पत्र नै पठाएर सर्कुलर जारी गर्नुपर्ने कारण नभएको बताउँछन् । मेयरको अनुरोधअनुसार सूचना उपलब्ध गराइदिनु सम्म भन्न सके पनि आफैले निर्देशन दिनु गलत भएको उनको भनाई छ ।

साम्पाङका स्वकीय सचिव लिम्बूले हिजो सबै वडा कार्यालयहरुलाई सम्बोधन गर्दै आर्थिक वर्ष २०७९÷८० मा सञ्चालित सामाजिक, आर्थिक तथा भौतिक योजनाको सूचि पठाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार