काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकारको पहिलो सर्त नै सुरक्षा भएकाे बताएका छन्।
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मन्च नेपाल मानव अधिकार एलाइन्सको तेस्राे राष्ट्रिय सम्मेलनलाई सम्बाेधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले यस्ताे बताएका हुन्।
‘मानिस सचेत जीव हो। असचेत जीव देखिन्छ भने जैविक शक्ति नै सुरक्षा हो। हरेक जीवको सुरक्षा चाहिन्छ। बाँच्नका लागि हरेकले विभिन्न कुरा गर्छ। बाँच्नका लागि अनेकौँ कुरा गर्छन्। आफ्नो आकार, स्वरूप हेरेर चल्छन्’, उनले भने, ‘मानव अधिकारको पहिलो सर्त सुरक्षा हो, जस्तो कि बाँच्न पाउनु हो। मान्छे जिउँदै नरहे कसरी बाँच्ने? त्यसैले मानवाधिकार भनेको पहिलो सुरक्षा हो। जीवनको रक्षा सुरक्षा आवश्य छ।’
गलत कार्य गर्नेलाई फाँसी दिनु गलत भएकाे उनकाे दाबी छ। ‘हाम्रो लडाइँ जैविक र मानवहरूको सुरक्षाको लागि लडाइँ हो। हामीले गलत गर्नेलाई फाँसी दिनुपर्यो, उसो गर्नुपर्यो भन्छौँ तर गलत हो। मुत्यृदण्ड तत्काल दियो भने तीन मिनेटको सजाय हो। फाँसी दिए ३ मिनेटमा मर्छ। गलत गर्नेलाई फाँसी दिनुहुन्न। गलत नहुँदै कसैलाई फाँसी दिनु आँखाले देखेको कुरा पनि देखेको जस्तै हुन्छ’, अध्यक्ष ओलीले भने।
संविधानमा मुत्यृदण्डकाे सजाय राख्न नहुने भन्दै उनले मुत्यृदण्डले मात्र समस्याको समाधान नहुने बताए। ‘मान्छेबाट विभिन्न त्रुति हुन्छ। बुद्ध जन्मिएको देशको मान्छे भएकाले मुत्युदण्डमा जानु हुँदैन भन्ने मेरो धारणा हो। मुत्यृदण्डमा मात्र समस्याको समाधान होइन’, उनले भने, ‘त्यसैले कुनै जीवको हत्या गलत हो। मानव अधिकारकर्मीहरूले अब संविधानमा मुत्यृदण्ड कानुन राख्नुपर्छ भन्नु ठिक होइन। संविधान कानुन बनाउन पाइन्छ, गलत कुरा दराजमा थन्काउनुपर्छ। अन्य देशको देखासिकी गर्नु गलत हो।’