विराटनगर : प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने मागसहित कोशी प्रदेशमा पहिचानवादीहरुले आज बन्दको आह्वान गरेका छन् । प्रदेशको नाम खारेज गर्न माग गर्दै भएको बन्दको प्रभाव सामान्य रुपमा देखिएको छ ।
प्रदेशको राजधानी विराटनगरलगायत क्षेत्रका बजार, कलकारखाना, शैक्षिक संस्था, सार्वजनिक तथा निजि सवारीसाधनहरु सञ्चालन भइरहेका छन् ।
विराटनगरमा बन्दको प्रभाव न्यून छ । यहाँबाट चल्ने लामो दुरीका सावरी साधन भने त्यति चलेका छैनन् । छोटो दूरीका सवारी साधन निर्वाध रूपमा चलिरहेको प्रहरीले जनाएको छ ।
नामकरणको विरोध गर्दै किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्या, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जसपाका लिम्बुवान, राष्ट्रिय जनमुक्ति पार्टीलगायतका नेता तथा कार्यकर्ताहरू बिहानैदेखि सडकमा उत्रिएर विरोध जनाएका छन् ।