विराटनगर : विराटनगरस्थित नर्सिङ क्याम्पसको स्ववियु सभापतिका लागि नेकपा एमाले निकट अनेरास्ववियुकी प्रशंसा पौडेलले उम्मेदवारी दिएकी छिन् । उनी नर्सिङ दोस्रो वर्षमा अध्ययनरत छिन् ।
यस्तै स्ववियु सचिवमा मनिषा श्रेष्ठ र कोषाध्यक्षमा रुचिका ओझाले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा भने स्मृति ज्ञावली, योगिना कटुवाल र मेलिना राईको उम्मेदवारी रहेको छ ।
क्याम्पसमा ठूलो संगठन भएकाले जित्न कठिन नभएको अनेरास्ववियुका नेताहरुको भनाइ छ । अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले नर्सिङ क्याम्पसमा आफ्नो संगठन अन्य संगठनको तुलनामा ठूलो र धेरै विद्यार्थी संगठित भएकाले चुनाव जित्न कठिन नभएको दाबी गरे ।