काठमाडौं : नेकपा एमालेले उपराष्ट्रपति पदका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उमेदवारी दर्ता गराएको छ । निर्वाचन कार्यतालिका अनुसार शाक्यले एमालेका तर्फबाट आज उपराष्ट्रपति पदमा उमेदवारी दर्ता गराएकी हुन् ।
शाक्यको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, रघुवीर महासेठ रहेका छन् । समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश वर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यसोदा रिमाल छन् ।
आज बिहान बसेको एमालेको सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको थियो ।
निर्वाचन कार्यतालिका अनुसार आज नै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।