Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट तीन जना उम्मेदवार



काठमाडौं :  सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाले उम्मेदवारी दिने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको १० दलको बैठकमा सहमित नजुटेपछि जनता समाजवादी पार्टी (जसपा)बाट पुरुष र महिला गरी दुई जना तथा जनमत पार्टीबाट एक महिलालाई उम्मेदवार उठाउने भएकाे हाे।

जसपाले रामसहाय यादव र प्रमिला यादवलाई उठाउने भएकाे छ भने जनमत पार्टीले ममता झालाई उम्मदवार बनाउने निर्णय गरेकाे छ। आज तीनै जनाको उम्मेदवारी दर्ता हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार