Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नामकरण गरेकोमा कोशी प्रदेशका सांसदलाई एमाले अध्यक्ष ओलीले दिए बधाई



विराटनगर : नेकपा एमाले कोशी प्रदेशका सांसदहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचनका लागि काठमाडौँ पुगेका प्रदेश सांसदहरुले शुक्रबार ओली निवास बालकोट पुगेर पार्टी अध्यक्षसँग भेट गरेका हुन् ।

भेटघाटका क्रममा ओलीले प्रदेशको नामकरण गर्न सफल भएकोमा ओलीले बधाई दिएका थिए ।

भेटमा संघीयताको मर्मअनुसार प्रदेशलाई बलियो बनाउँने विषयमा छलफल भएको प्रदेश सांसद तथा नेकपा एमाले कोशी प्रदेश सचिव चिन्तन पाठकले जानकारी दिए ।

‘अघिल्लो कार्यकालमा नामकरण गर्न नसकेर आलोचना सहनुपरेको भन्दै अध्यक्षले प्रदेशको नामकरण गरेकोमा बधाई दिनुभयो,’ पाठकले भने, ‘प्रदेश सरकारलाई बलियो बनाउने कुरामा पनि छलफल भएको छ ।’

कोशी प्रदेशमा नेकपा एमालेका ४० सांसद छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार