Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री ‘प्रचण्ड’विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश



काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेकाे छ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउन आदेश जारी गरेकाे हाे।

सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेकाे छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै रिट परेको थियाे।

२०७६ माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार