Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अराजक बन्दै नेविसंघ : पथरी क्याम्पसमा अनेरास्ववियुको कार्यक्रममा हस्तक्षेप



पथरी : मोरङको पथरीशनिश्चरे बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको कार्यक्रममा कांग्रेसको नेपाल विद्यार्थी संघले हस्तक्षेप गरेको छ ।

आइतबार बिहान क्याम्पस अगाडिको सडकमा अनेरास्ववियुले सडकमा जेब्रा क्रसिङ निर्माण गर्दै गर्दा हस्तक्षेप गरेको हो ।

नेविसंघबाट स्ववियु सभापति रहेका गिरिस साम्बालगायतको टोलीले जेक्रा क्रसिङ निर्माण गर्दै गरेको विद्यार्थीमाथि हातपात गर्ने प्रयास गरेको थियो ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनाब नजिकिएसंगै नेविसंघले अन्य विद्यार्थी संगठनले गर्ने सिर्जनात्मक कार्यमा निरन्तर अवरोध गर्न थालेपछि यस्ता हर्कत नगर्न अनेरास्ववियुले चेतावनी समेत दिएको छ  ।

आफूहरूले आयोजना गरेको रचनात्मक कार्यक्रममा नेविसंघले हस्तक्षेप गर्दै आएको अनेरास्ववियुका नेता उज्जल लकान्द्रीले जानकारी दिए ।

नेविसंघले गरेको यस्ता क्रियाकलापको बिद्यार्थी संगठनले भत्सर्ना गरेका छ्न् ।

प्रतिक्रिया
सम्बन्धित समाचार