Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यूटर्नको स्थापना दिवस दमकमा, पुरस्कार वितरण र रक्तदान



दमक : मौरी जन्य खाद्य पदार्थ र सौन्दर्य सामग्री उत्पादन र विक्रि वितरण गर्दै आएको यूटर्न इन्टरनेशनलले वार्षिकोत्सवका अवसरमा शनिबार झापाको दमकमा पुरस्कार वितरण र रक्तदान गरी मनाएको छ ।

तेस्रो वार्षिक उत्सवका अवसरमा कम्पनीको डायमण्ड पुरस्कार बापत १० लाख रुपैया जित्ने भोजकुमारी त्रिपाठी, र ५–५ लाख रुपैयाको पुररस्कार जित्ने हरीचन्द्र पौडेल र खगेन्द्र तिम्सिनालाई कम्पनीका अध्यक्ष बलराम सुवेदीले पुरस्कार रकम र ट्रफी प्रदान गरे । यस्तै कम्पनीका विभिन्न स्कीम र विभिन्न प्रकार पुरस्कार विजेतालाई पनि पुरस्कार र ट्रफी प्रदान गरिएको थियो । वार्षिक उत्सवका अवसरमा विहान रक्तादान कार्यक्रम पनि आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले यूटर्नले युवालाई रोजगारी सिर्जना गरेको भन्दै सरकारले सक्ने सहयोग गर्ने बताए । उनले बेचेरमात्र देश र जनता धनी हुने बताउँदै यूटनले नेपाली सामग्री विश्व बजारमा विक्रि गर्न सुरु गरेको भन्दै त्यसका लागि प्रदेश सरकारबाट गर्न सकिने सहयोग सबै गर्ने बताए ।

काठमाडौको सामाखुसीमा मौरी जन्य खाद्य बस्तु र सौन्दर्य सामग्रीका साथै नेपाली जडिबुटीबाट जुस र खाद्य पदार्थ उत्पादन गर्ने उद्योग रहेको यूटर्नले तेस्रो वार्षिकोत्सव झापाको दमकमा मनाएको हो । यसले आफ्ना उत्पादनहरु प्रत्यक्ष विक्रि प्रणाली मार्फत नेपाल र नेपाल बाहिरका देशमा व्यवसाय गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार