Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरको लिम्चुङबुङमा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा



विराटनगर : उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले सुत्केरी महिलाहरुका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।

सुत्केरी महिलाहरुलाई एम्बुलेन्स सेवा प्रदान गर्नका लागि गाउँपालिकाले ‘एम्बुलेन्स सेवा संचालन निर्देशिका २०७९ स्वीकृत गरेको छ । गत फाल्गुन ३ गते बसेको कार्यपालिका बैठकले उक्त निर्देशिका स्वीकृत गरेको हो ।

अब गाउँपालिकाभित्रका महिलाहरुलाई सुत्केरी हुँदा अस्पताल लैजानका लागि गाउँपालिकाको एम्बुलेन्स निःशुल्क लान पाइन्छ ।

गाउँपालिकाका अध्यक्ष मेजर राईका अनुसार सुत्केरी महिलाहरुले अस्पातालले रेफर गरे बमोजिम नेपालका कुनैपनि अस्पतालमा लैजादा लाग्ने एम्बुलेन्स खर्च पालिकाले नलिने भएको हो ।

यस्तै गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएकाहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । गाउँपालिकामा एउटा एम्बुलेन्स छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार