Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रास्वपाकाे बागमती प्रदेशका पदाधिकारीद्वारा पदभार ग्रहण



काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन्।

बिहिबार प्रदेश कार्यलय बालाजुमा पार्टी उपसभापती डिपी अर्यालले पदाधिकारीहरुलाई पदभार गराएका थिए।

फागुन ७ गते हेटौंडामा बसेको प्रदेश विस्तारित बैठकबाट सभापतिमा डा. अचुतम लामिछाने निर्वाचित भएपछि ७७ जनाको पुर्ण पदाधिकारी गठन भएको थियो।

उपसभापति दिनेश हुमागाई,महामन्त्री जिता वराल, कोषाध्यक्षमा मेनुका ठकुरी, प्रबक्तामा उत्सव अर्याल र अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा कृष्णमान श्रेष्ठ चयन भएका थिए।

पदभारपछि काठमाडौंको सम्पर्क कार्यलयको औपचारिक उद्धघाटन भएको थियो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार