विराटनगर : जनता समाजवादी पार्टी (जसपा) कि सांसद तथा प्रदेश सरकारकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले कोसी प्रदेश स्वीकार गर्न गोली थाप्दाभन्दा गाह्रो भएको बताएकी छिन् ।
पहिचानका आधारका प्रदेशको नामकरण हुनुपर्ने बताउँदै आएकी लिम्बूले बहुमत सदस्यको निर्णय मान्नुपर्ने अवस्थाले आफूहरूलाई आएको मतको अपमान भएको बताइन् ।
उनले भनिन्, ‘मलाई नामकरणको विषयमा हिजोमात्रै थाहा दिएर अपमान गरियो ।’ उनी संसदमा रुदै प्रस्तुत भएकी छिन् ।
आँसु मिश्रित स्वरमा बोल्दै उनले नामकरणको विषयमा पुनर्विचार गर्नसमेत माग गरेकी छिन् । उनले थपिन्, ‘गोलि थाप्दा गाह्रो हुदैन थियो, जति कोसी नाममा मलाई त्यो भन्दा गाह्रो भयो ।’