Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ को नाम ‘कोसी’ राख्न दलहरू सहमति नजिक



विराटनगर : प्रदेश नम्बर १ ले आज नाम पाउने भएको छ । प्रदेशको नाम ‘कोसी’ राख्न दलहरू लगभग सहमति नजिक पुगेका छन्।

प्रदेशसभामा नाम प्रस्ताव गर्न प्रदेशसभा सचिवालयले कार्यसूची जारी गरिसकेको छ ।

यसअघि पहिचानका आधारमा नामकरण हुनुपर्ने बताउँदै आएको नेकपा माओवादीले पहिचानको मुद्दा छाडेको छ । माओवादी सांसद गणेश उप्रेतीले प्रदेशको नाम कोसी हुने बताए । जनताले नै पहिचानको पक्ष छाडेकाले आफूहरु कोसी नाममा सहमत भएको उनले बताए ।

नेकपा एमालेले भने पहिलादेखि नै प्रदेशको नाम कोसी हुनुपर्ने अडान राख्दै आएको छ ।

यता, नेपाली कांग्रेसमा पनि नामकरणको विषयमा छलफल भइरहेको छ । कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईका अनुसार कांग्रेसमा कोसीलगायतका नाममा छलफल भइरहेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले भने पहिचानको पक्षमा नामकरण हुनुपर्ने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार