विराटनगर : प्रदेश १ को नामकरणको प्रस्ताव पेस गर्न प्रदेशसभा सचिवालयले आव्हान गरेको छ । सचिवालयले बुधबार बिहान एक सूचना निकाल्दै नामकरणको प्रस्ताव पेस गर्न आव्हान गरेको हो ।
आज बस्ने प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यशरुले नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रस्ताव पेस गर्नुपर्ने छ ।
सूचनाका अनुसार प्रदेशको नामाकरणका लागि प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची-९ को ढाँचामा प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरूलाई आज दिनको १०ः०० बजे देखि १२:०० बजे सम्म आफ्नो प्रस्ताव प्रदेश सभा सचिव समक्ष दर्ता गराउन अनुरोध गरिएको छ ।
६ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरेपनि प्रदेश १ ले नाम राख्न नसकेको आलोचना खेप्दै आएको छ ।