गणेश उप्रेती ‘शुशिल’
विराटनगर : नेकपा माओवादीका प्र्रदेश १ सांसद गणेश उप्रेतीले प्रदेशले आज नाम पाउने बताएका छन् । ६ वटा प्रदेशले नामकरण गर्दा नाम राख्न नसकेको प्रदेश १ ले नामकरणको विषयमा आलोचना खेप्दै आएको थियो ।
उप्रेतीले बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रदेशसभाले आज नाम पाउने बताएका हुन् । उनले लेखेका छन्, ‘अघिल्लो प्रदेशसभाले गर्न बाँकी राखेको एउटा महत्वपूर्ण कार्य आजको प्रदेश सभाले फाइनल गर्छ ! यो प्रदेशले आज नाम पाउछ।’
प्रदेशको नमकरणको विषय टुंग्याउन केहीसमयदेखि दलहरु निरन्तर छलफलमा थिए । सबैको राजनीति दलको आम सहमतिमा नामकरणको विषय प्रदेशसभामा आजै प्रवेश गराउने तयारी छ ।