विराटनगर : मोरङमा लघुवित्त संस्थाहरुबाट ठगिएका पीडितहरुले आन्दोलन गरेका छन् । लघुवित्तहरुले ज्यादती गरेको भन्दै उनीहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि प्रदर्शन गर्दै धर्ना दिएका हुन् ।
लघुवित्त संस्थाहरुले विभिन्न लोभमा पारेर आफूलाई ऋण दिएर ज्यादती गरेको पीडितहरुको आरोप छ । उनीहरु लघुवित्त खारेजीको मागसमेत गरेका छन् ।
उनीहरुले नवसामन्तीको रुपमा स्थापित लघुवित्त संस्थाहरु खारेज गर, लघुवित्त संस्थाहरुद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर, आम गरिबी किसानलाई निःशुल्क कर्जा प्रदान गर, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर्नुपने लगायतका मागहरु राखेर प्रदर्शन गरेका हुन् ।