Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईमा भोलिबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने



रतुवामाई : मोरङको रतुवामाई नगरपालिकामा नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

रतुवामाई नगरपालिकाको आयोजना र सरस्वती माध्यमिक विद्यालय रतुवामाई ६ कादुपाडाको व्यवस्थापनमा फागुन १७ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।

तीन दिन सम्म चल्ने प्रतियोगिताका सबै खेलहरु सरस्वती मावि कादुपाडाको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), एथ्लेटिक्स (दौड (ट्रयाक) तर्फ छात्रः १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४X१००मि. रिले, ४X४०० मि. रिले, छात्राः १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४X१००मि. रिले, ४X४०० मि. रिले), हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो हुने व्यवस्थापक विद्यालयका शिक्षक दिनेश कुमार बिष्टले जानकारी दिए ।

प्रतियोगितामा रतुवामाईभित्र रहेका मावि तहका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने पनि शिक्षक बिष्टको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार