विराटनगर : जनता समाजवादी पार्टी (जसपा) प्रदेश–१ को अध्यक्षमा दीपक याक्खा चयन भएका छन् । मंगलबार सुनसरीको इटहरीमा रहेको प्रदेश पार्टी कार्यालयमा बसेको प्रदेश समितिको पूर्ण बैठकबाट याक्खा अध्यक्ष चयन भएका हुन् ।
उनी यसअघि पार्टीको प्रदेश समितिको उपाध्यक्ष रहेका थिए । पार्टीले सोमबारबाट प्रशिक्षण कार्यक्रम समेत आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, परशुराम बस्नेत लगायतका नेताहरु सहभागी थिए ।
पार्टीको विधान अधिवेशनको समय नजिकिएसँगै जसपाले संगठनहरु गठन, पुनर्गठन र अभिलेख संकलनको कार्यलाई तीब्रता दिइएको छ ।