Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एक वर्षपछि रिहा भए पल शाह



काठमाडौँ : अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् ।

नाबालिग  बलात्कार आरोप लागेका पललाई उच्च अदालत पोखराले थुनामुक्त गर्न आदेश दिएकाे थियाे। उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई आइतबार सफाइ थियाे।

आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए ।

बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा (आजकै दिन) जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन् । तनहुँ प्रहरीमा गत वर्षको फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते नाबालिगका बुवाले उजुरी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार