काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले नैतिक मूल्य, मान्यता र सहमति लत्याउँदै हिँडेकाे भन्दै एमाले आजै सरकारबाट बाहिरिने तयारीमा छ।
अघिल्लो सचिवालय बैठकमा सरकारबाट नबाहिरिने निर्णय गरेको एमालेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झन चिढ्याउँदै गएका छन्।
उनले हिजो परराष्ट्रमन्त्री डाक्टर विमला पौड्याल राईलाई स्वीट्जरल्याण्ड भ्रमण रोेकेर पूर्व कानूनमन्त्री गोविन्दप्रसाद कोइरालाई पठाएका छन्। आजको बैठकमा राष्ट्रपतिको निर्वाचनका बारेमा पनि छलफल हुनेछ।
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ।