काठमाडौं : नेपाली काँग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिकाे उम्मेदवार बनाउने निर्णय गरेको छ।
आज (शनिबार) बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रामचन्द्रलाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए।