Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रचण्डप्रति गोकुलको कटाक्ष: छेपारोले भन्दा बढी रंग फेरे, बामपंथी सहकार्य समाप्त



विराटनगर : नेकपा एमालेका एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रचण्डविरुद्ध आक्रोश पोखेका छन् । पुस १० गते एमालेलाई राष्ट्रपति दिने सहमति गरेका प्रचण्डले शुक्रबार कांग्रेसलाई राष्ट्रपति दिने निर्णय गरेपछि बाँस्कोटाले आक्रोश व्यक्त गरेका हुन् ।

उनले प्रचण्डले छेपारोले भन्दा बढी रंग फेर्ने गरेको बताए । ‘छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद भएको उनको भनाइ छ ।

यस्तै उनले अब सरकार निर्माणमा कथित बामपन्थी सहकार्य समाप्त भएको बताए । उनले भने, ‘अब सरकारका लागि कथित बामपंथी सहकार्य समाप्त भयो ।’

बाँस्कोटाले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा उत्साह र आशा दुबै नभएकाले एमाले निराश हुनुपर्ने कारण नभएको बताए । एमाले अब आफ्नै लयमा अघि बढ्नु पर्ने उनले बताए ।

उनले लेखेका छन् :

उहिल्यै भन्देको हो-छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ।उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।

प्रतिक्रिया
सम्बन्धित समाचार